arrow

मानिसलाई पतनतर्फ लग्ने यी बानी

logo
विदुर नीति, 
प्रकाशित २०७९ मंसिर २८ बुधबार
king-and-sadhu-vidur.jpg

काडमाडौं । विदुर नीतिमा तीन यस्ता खराब बानीहरू वा व्यक्तिको स्वभावको बारेमा उल्लेख गरेको छ । जसको कारणले मनुष्यको आत्माको नाश हुन्छ । यी बानीहरू उसको लागि नर्कको ढोका खोल्छ, साथ साथै जीवन पनि कष्टकर हुन्छ, त्यसैले मानिसले यी बानीहरू तुरुन्तै त्याग्नुपर्दछ।

महात्मा विदुरका अनुसार मनुष्यलाई अत्यधिक काम भावनाले सधैँ पतन तर्फ लग्छ । मनुष्यले सधैँ काम भावना माथि नियन्त्रण गर्नुपर्दछ। जब एक व्यक्तिमा अत्यधिक काम भावना हुन्छ तब उसको ध्यान कुनै पनि काममा केन्द्रित गर्न असमर्थ हुन्छ। कयौँ पटक यस कारणले गर्दा व्यक्ति गलत कार्यहरूमा अग्रसर हुन्छ। जसको कारण व्यक्तिको लागि नरकको ढोका खोलिन्छ। एक मनुष्यले आफ्नो इन्द्रियहरूलाई नियन्त्रणमा राख्नुपर्छ र अत्यधिक वासनालाई त्याग्नु पर्छ। 

लोभ वा लालच व्यक्तिको सबैभन्दा खराब बानी हो। जो व्यक्ति आफ्नो मनमा अरूको चीज वा धन देखेर लालच गर्दछ उसको अन्तरात्माको नाश हुन्छ । लोभको कारणले मानिस अनुचित काम गर्न अग्रसर हुन्छन् जुन एक दिन आफ्नै विनाशको कारण बन्छ। व्यक्तिले लोभलाई त्याग गर्नुपर्छ।

सबै  मानिसहरू लाई हाँसो, रुनु र क्रोधित हुनु स्वाभाविक हो, तर अत्यधिक क्रोध भनेको त्यस्तो आगो हो जसले अरू सँगसँगै आफैँलाई पनि जलाउँछ। जब एक व्यक्ति रिसाउँछ, उसले त्यस समयमा सही र गलतको वास्ता गर्दैन। उसको सोच्ने र बुझ्ने क्षमता नष्ट हुन्छ। धेरै चोटि व्यक्ति आवेगमा आएर गलत कार्यहरू गर्दछ, जसको कारण उसले दुष्परिणामहरू पनि भोग्नुपर्दछ। कयौँ पटक व्यक्ति आफ्नै अहितको काम गर्दछ । मानिसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्न सिक्नुपर्दछ। धेरै प्रयास गरेर क्रोधलाई त्याग गर्नुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ