arrow

पोखरामा ‘नेपथ्य लाइभ कन्सर्ट’ हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
Manab sewa aasram.jpg

पोखरा । पोखरामा ‘नेपथ्य लाइभ कन्सर्ट’ हुने भएको छ । मानव सेवा आश्रमको भवन निर्माणका लागि आश्रमले पुस १२ गते प्रदर्शनी केन्द्रमा अपरान्ह ४ बजे उक्त कन्सर्टको आयोजना गर्न लागेको हो । मानवताका लागि संगीत भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक विशेश्वर आचार्यले जानकारी दिए । 

कन्सर्टमा नेपालको चर्चित सांगीतिक समूह नेपथ्यका अमृत गुरुङले आफ्नो प्रस्तुति राख्नेछन् । कन्सर्टबाट हुने सबै आम्दानी पोखरा महागरपालिका वडा नं. २५ हेमजामा बन्दै गरेको मानव सेवा आश्रमको तीन तले भवन निर्माणमा खर्च गर्ने उद्देश्य रहेकोे संयोजक आचार्यले जानकारी दिए । 

उनले भने, ‘मानवसेवा आश्रममा आश्रित मानवहरुको खाना र नानाको व्यवस्थापनमा कठिन अवस्था झेल्नुपरिरहेको छ । अझ भाडामा रहेको आश्रमका सेवा केन्द्रहरुले दाताको सहयोगमा मात्रै भाडा तिर्न सक्ने अवस्था नरहेकाले अहिले आफ्ने भवन निर्माण अभियान जारी छ ।’

समृद्ध पोखराको अवधारणालाई पुरा गर्ने दायित्व सम्पूर्ण पोखरेली बासीको काँधमा रहेको उल्लेख गर्दै आचार्यले सडकमा आश्रित मानवहरुको व्यवस्थापन गरी २०८२ सालसम्म्मा नेपालका सडकपेटीलाई सडकआश्रित मानवरहित बनाउने योजनाका साथ मानव सेवा आश्रम अगाडि बढेको बताए ।

मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले पोखरामा हुने कन्सर्टका लागि टिकटदर एक हजार रुपैयाँ राखिएको जानकारी गराए । आठ हजार दर्शक भित्र्याउने लक्ष्य आयोजकको छ । जसबाट २५ लाख बचत गरी भवन निर्माणको कार्यलाई सहज बनाउने उद्देश्य स्वरुप मानव सेवा आश्रमले आफ्नो तयारी गरिरहेको छ ।

मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले युवाहरुलाई आश्रमसँग जोड्ने लक्ष्यसमेत आफूहरुको रहेको उनले बताए । तिमिल्सिनाले बन्दै गरेको भवनको पूर्णताका लागि १० करोड रुपैयाँ आवश्यक रहेको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ