arrow

तनहुँका २१ नागरिक बेखबर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
Tanahun_District.png

तनहुँ । एक वर्षको अवधिमा तनहुँका २१ नागरिक बेखबर छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार हराएका २८८ नागरिकमध्ये २६७ खोज तलासका क्रममा फेला पारेर आफन्तजनलाई बुझाइएको जनाएको छ । 

बेखबर नागरिकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यसरी बेपत्ता हुनेमा अधिकांश महिला रहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

यस वर्ष जिल्लाका ३२ स्थानमा उम्रिएका गाँजा फडानी गरिएको छ । करिब एक सय ४० रोपनीमा उम्रिएका २६ हजार ७८५ गाँजाको बोट नष्ट गरिएको उनले बताए । 

त्यसैगरी विसं २०७८ मङ्सिरदेखि २०७९ कात्तिकसम्म १६७ सवारीसाधानलाई कारबाही गर्दा रु १८ लाख २० हजार १४८ राजस्व सङ्कलन भएको छ । 

गतवर्षको मङ्सिरदेखि कात्तिक मसान्तसम्म १०९ फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूबाट ३७ वर्ष चार महिना २३ दिन कैद र रु ३१ लाख ५८ हजार ९२५ जरिवाना असुली भएको तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ