arrow

चितवनमा स्पा र मनोरञ्जन व्यवसाय बढेसँगै मानव बेचबिखन र यौन शोषणको जोखिम उच्च: अध्ययन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
bharatpur-bazar.jpg

काठमाडौँ । चितवनमा स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचबिखन र यौन शोषणको जोखिम भयावह रूपमा बढ्दै गएको एक अध्ययनले देखाएको छ।

‘सामरी उत्थान सेवा’ ले भरतपुरमा पत्रकारहरूमाझ सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार जातीय विभेद, हिंसा र सामाजिक बहिष्करणमा परेका दलित, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (क्वीर) समुदायका ८५ प्रतिशत मानिसहरू आन्तरिक मानव बेचबिखन र यौन शोषणको सिकार बन्नुपरेको पाइएको छ।

संस्थाका कार्यक्रम प्रबन्धक शिवहरि ज्ञवालीले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिकाभित्र सन् २०२४/२५ मा जम्मा तीन वटा स्पा सञ्चालनमा रहेकोमा सन् २०२५/२६ सम्म आइपुग्दा यो सङ्ख्या बढेर २१ पुगेको छ। यो एक वर्षको अवधिमा भएको ६०० प्रतिशतको अस्वाभाविक वृद्धि हो।

मनोरञ्जन क्षेत्रको तीव्र विस्तार भए पनि होटल, डान्सबार, दोहोरी र स्पाजस्ता व्यवसायलाई नियमन गर्ने छुट्टै कानुन नहुँदा विकृति बढेको अध्ययनले औँल्याएको छ। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई अनुगमनको स्पष्ट अधिकार दिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा जोखिमपूर्ण क्षेत्रमा श्रम शोषण र यौन शोषण मौलाएको प्रबन्धक ज्ञवालीले बताए।

अध्ययनका क्रममा सीमान्तकृत समुदायको आवाजलाई सञ्चार माध्यमले समेत उपेक्षा गरेको पाइएको छ। प्रतिवेदनअनुसार अध्ययनमा सहभागी ६९ प्रतिशत दलित क्वीर समुदायका व्यक्तिहरूले आफूहरूले भोगेका हिंसा, विभेद र शोषणका घटनालाई सञ्चार माध्यमहरूले पर्याप्त प्राथमिकता नदिएको गुनासो गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ