arrow

रामचन्द्र पौडेलले विभूषण पाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
ramchandra-poudel.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले सर्वोच्च सम्मान प्रदान गर्ने भएको छ । 

पौडेललाई 'ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन' विभूषणबाट आज सम्मान गर्न लागिएको हो ।

नेपाल-जापान सम्बन्धलाई लिएर पौडेललाई जापानले सम्मान गर्न लागेको हो । 

सन् १८७५ मा जापानका सम्राट् मेइजिले स्थापना गरेको यो विभूषण विदेशी नागरिकलाई दिइने जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ।

आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्दैछ । विभूषण दिइने घोषणा यसअघि नै भइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ