arrow

वायुसेवा निगमका जहाज मलेसिया र दुबईमा रोकिए, वार्ता हुँदै गर्दा कुटाकुट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
nepal-airlines-narrowbody.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल वायुसेवा निगमको बेथिति चलेको वर्षौं भइसकेको छ । कुनै न कुनै लफडा परिरहन्छ । त्यही लफडा फेरि एयरहोस्टेसको अगाडि आएर ठोक्किएको छ । व्यवस्थापनले दुई जना एयरहोस्टेसको करार सेवा नवीकरणको विवाद समाधान नगरेको भन्दै दुई जहाज विदेशमै रोकिएका छन् । 

काठमाडौंबाट मलेसिया र दुबईका लागि बुधबार राति उडेका निगमका दुई जहाज उतै रोकिएका हुन् । ती दुवै जहाजमा उडेका क्याबिन क्रुको ड्युटी समय १० घन्टा नाघेसँगै उतै रोकिनु परेको हो । 

अन्तर्राष्ट्रिय उड्डयन नियमले १० घन्टाभन्दा बढी काम लगाउन निषेध गरेकाले काठमाडौंबाट उडेका क्याबिन क्रुको आरामका लागि निगमले जहाज उतै राख्नु परेको हो ।

जहाजमा यात्रुलाई सेवा प्रवाह गर्ने एक सय ५७ मध्ये अधिकांश क्याबिन क्रु बुधबारदेखि निगम मुख्यालयमा आन्दोलनमा रहेकाले व्यवस्थापनले बुधबार दिल्ली र बैंग्लोरबाट फर्केका १२ जना क्याबिन क्रुमध्ये ४ जनालाई दुबई र ८ जनालाई मलेसिया पठाएको थियो । 

यसैबीच क्याबिन क्रुहरुले बिहीबार विज्ञप्ति जारी गर्दै निगम व्यवस्थापनले करार नवीकरणमा भेदभाव गरेको भन्दै उनीहरुको सेवा सम्बन्धित काममा निगमले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गरेको लगायतका आरोप लगाएको छ । 

वार्तामा हमला 
यसैबीच निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीसँग वार्ता चलिरहेका बेला कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरु प्रवेश गरी हात हालाहाल भएपछि तनाव भएको छ । 

नेपाल वायुसेवा क्याबिन क्रु संघ र कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरुबीच निगमको मानव संशाधन विभागमा भइरहेको वार्तामा जानकारी बिना प्रवेश गरेका ट्रेड युनियनकर्मी र संघबीच हात हालाहाल भएको हो । 

जसका कारण वार्ता बिथोलिएको छ । दुई जना पक्राउ परेका छन् । दुई परिचारिका घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ