निगममा कार्यरत सबै ‘क्याबिन क्रु’ को करार नवीकरण हुने
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
804
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नेपाल वायु सेवा निगममा कार्यरत सबै क्याबिन क्रुको करार नवीकरण हुने भएको छ । बिहीबार व्यवस्थापन पक्ष र क्याबिन क्रुबीच करार नवीकरण गर्ने सहमति भएको हो ।
बुधबारदेखि उडान बन्द गरेर आन्दोलनमा उत्रिएका क्याबिन क्रूका उडान क्षेत्र नै प्रभावित भएको छ । निगम झण्डै १५० जनाभन्दा बढी क्याबिन क्रु रहेको बताइएको छ । उनीहरूलाई करारमा नियुक्ति गर्ने व्यवस्था छ ।