arrow

प्रचण्डको घुर्कीमा कांग्रेस सत्ता गुम्छ कि भन्दै त्रासमा अब बाँचिरहन हुँदैन

logo
आरके त्रिपाठी,
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
rk-tripathi.gif

प्रचण्डले राष्ट्रपति र दुई वर्ष पहिलो प्रधानमन्त्री कार्यकाल मागे रे । प्रचण्डले यी दुवै पद राष्ट्रपति र प्रधानमन्त्री माओवादी केन्द्रलाई दिनु पर्दछ नत्र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिल्दछौं भने रे । 

यो चुनाबबाट ताजा जनादेश र निर्वाचन मतादेश हेर्दा पनि प्रचण्डले यी दुवै पद नैतिक रूपमा दाबी गर्न मिल्दैन । जनताले ठूलो पार्टी नेपाली कांग्रेसलाई बनाएका हुन् । सभामुख, उपसभामुख, उपराष्ट्रपति, मन्त्रीहरु दिन सकिन्छ । तर पहिलो कार्यकाल प्रधानमन्त्री र राष्ट्रपति माओवादी केन्द्रलाई दिन सकिँदैन । किनकि वर्तमान राष्ट्रपतिबाट हामीले धेरै सिकिसक्यौं । नेपाली कांग्रेस पार्टी त्यति अबुझ चाहिँ छैन ।
 
नेपाली कांग्रेस नेतृत्व राष्ट्रपति र २ वर्ष पहिलो प्रधानमन्त्री कार्यकाल माओवादी केन्द्रलाई नदिए प्रचण्ड एमालेसँग मिल्न जान्छन् भन्दै सत्ता गुम्ने त्रासमा बसिरहन जरुरी छैन । प्रचण्ड गठबन्धन छोडी एमालेसँग मिल्न गए जान दिनु पर्दछ । केपी ओलीले विगत जस्तो दम्भ देखाई असंवैधानिक कार्य गर्ने ठाउँ पनि यो चुनावले बन्द गरिदिएको छ । 

अब पनि प्रचण्डको घुर्कीबाट तर्सिरहने र यो त्रासमा बाँचिरहने हो भने हामी नेपाली कांग्रेस वैचारिक, सैद्धान्तिक, व्यवहारिक रूपमा स्खलित हुन्छौं । हामी यही त्रासमा गठबन्धन गठबन्धन भन्दै नारा रटान गरिराख्यौं भने ५ वर्ष पछिको चुनाव कांग्रेस एक्लै लड्न सक्दैन । 

प्रजातन्त्रमा हार जित हुन्छ नै । यो फुटबल खेल जस्तै हो । प्रचण्डले छाड्दा सत्ता गुम्ने भए गुम्न देउ कांग्रेस । त्यो अवस्थामा प्रतिपक्षमा बस कांग्रेस । हरेक दिन गठबन्धनको रटान दिइरहनु भन्दा सरकार बनाउने अरु विकल्पमा पनि खोजी गर कांग्रेस । 

माओवादी पार्टी उत्पत्ति नहुँदा पनि नेपाली कांग्रेसले लडेकै हो । शासन चलाएकै हो । माओवादी पार्टी मुलधारमा आएपछि भएको विभिन्न चुनावमा पनि कांग्रेस नेतृत्वको सरकार बनेकै हो पटक पटक ।

कांग्रेस पार्टी अझै पनि प्रचण्डलाई प्रधानमन्त्री नदिँदा प्रचण्ड भाग्दछन् भनी डराइरहने हो भने यो त्रासमा बाँचिरहन अरुले सके पनि म सक्दिन । सरकार बनाउने सबै विकल्पमा खुला छलफल चलाउ कांग्रेस । म आर के त्रिपाठी नेपाली कांग्रेस पार्टीको सदस्यता लिएको र सक्रिय भइ लागेको ३५ वर्ष भयो । मबाट नेपाली कांग्रेसको साख गिराउने कार्य यो जीवनमा कदापि हुँदैन ।

कृपया म आर के त्रिपाठीको सुझाब पनि सुनन नेपाली कांग्रेस । पुनः निवेदन छ कि प्रचण्डको घुर्कीमा नेपाली कांग्रेस सत्ता गुम्दछ कि भन्दै त्रासमा अब बाँचिरहन हुँदैन । नेपाली कांग्रेसले अब सरकार बनाउने वार्ताको ढोका सबैतिर खोल्नु पर्दछ । (लण्डनबाट)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ