arrow

निर्वाचन आयोगको त्रुटी सच्याउन संसद् सचिवालयले पठायो पत्र, को हो जेठो सांसद ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
election-commission-hq-building-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । निर्वाचन आयोगलाई त्रुटी सच्याएर सांसदहरुको विवरण पठाउन संसद् सचिवालयले पत्र पठाएको छ । आयोगले संसद सचिवालयलाई उपलब्ध गराएको नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको विवरणमा सदस्यहरुको जन्म मिति र उमेर उल्लेख नभएपछि सचिवालयले पत्र पठाएको हो । 

संसद्को पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ । ज्येष्ठ सदस्यले संसदमा सभामुख चयन नहुँदासम्म बैठकको अध्यक्षता गर्छन् । तर आयोगले पठाएको विवरणमा जन्म मिति र उमेर उल्लेख नहुँदा सचिवालयले राष्ट्रपतिलाई ज्येष्ठ सदस्यको नाम दिने र शपथ गराउने काम नै नहुने भएपछि तत्काल विवरण पठाउन पत्राचार गरेको हो ।

आयोगले यसबारेमा केही भनेको छैन । आयोगका अनुसार माओवादी केन्द्रका महिन्द्र राय यादव ८५ वर्षका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राप्रपाका समानुपातिक सांसद पशुपतिशमशेर जबराको उमेर ८० वर्ष छ ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर ८० वर्षका छन् । 

नेपाली कांग्रेसका रामचन्द्र पौडेलको उमेर ७८ वर्ष छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ