arrow

गठबन्धनभित्रबाट सरकार गठनको गृहकार्य भइरहेको छ : महासचिव भुसाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
beduram_bhushal.JPG

काठमाडौं‌ ।  नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले लोकतान्त्रिक-वाम गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् ।

महासचिव भुसालले निर्वाचन आयोगले परिणाम राष्ट्र प्रमुखलाई बुझाएपछिको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्रमा सरकार गठन गर्नुपर्ने बताउँदै त्यसका लागि गठबन्धनभित्र गृहकार्यका साथै छलफल भइरहेको बताए ।

कम्युनिष्ट पार्टीलाई परिणाममुखी बनाउन लाग्नुपर्ने बताउँदै उनले पार्टीले देशभर सङ्गठन बिस्तार गर्दै गतिशील बनाउनुपर्नेमा जोड दिए । निर्वाचनमा पार्टीको काममा निरन्तर खटेका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले निर्वाचन परिणामबाट हतोत्साहित नहुन आग्रह गरे ।

पार्टीको शक्तिलाई पुनःगठित गरी आगामी चुनावको तयारीमा थप उत्साह र आशाका साथ अहिलेदेखि क्रियाशील हुन कार्यकर्तालाई उनले निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ