arrow

घर नजिकै हात्तीले आक्रमण गर्दा भागिरथीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
Elephant-1-750x500.jpeg

भरतपुर ।  चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका-२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ ।
 
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । 

आक्रमणबाट घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । 

 साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । 

यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ