arrow

भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार

राँझा । बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट  महिलाको मृत्यु भएको छ । 

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए । 

उनका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिएर भागेको भ्यानलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । 

ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ