arrow

वीरमा बेथितिः नौ नर्ससहित १२ कर्मचारी सम्पर्कविहीन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
bir-hospital.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । वीर अस्पतालले आफ्ना नौ नर्ससहित १२ जना कर्मचारी सम्पर्कविहीन भएको भन्दै हाजिर हुन आउन सार्वजनिक सूचना जारी गरेको छ । 

अस्पतालले आइतबार सार्वजनिक सूचना निकालेर सम्पर्कविहीन भएका  रजिष्ट्रार–ट्युटर एक जना, ९ जना स्टाफ नर्स र दुईजना अनमीलाई ३० दिनभित्र हाजिर हुन आउन भनेको हो । 

लामो समयदेखि विदा स्वीकृति नगराई अस्पतालमा अनुपस्थित भएपछि सार्वजनिक सूचना निकालेर उनीहरुलाई हाजिर हुन आउन भनिएको हो । 

बेखबर बिदा बसेका रजिष्ट्रार÷ट्युटर डा। सृष्टी शाह, स्टाफ नर्सहरू सम्झना श्रेष्ठ, ओमदेवी पुन, सुशीला ढकाल, सरस्वती अर्याल, शान्ति लम्साल, रेणुका अधिकारी, सकिला चौलागाईं, अन्जुकला राई, जमुना सिटौला र अनमीद्वय अनिता बसेल र साहिदा सुब्बालाई ३० दिनभित्र हाजिर हुन आउन अस्पतालले सार्वजनिक सूचनामार्फत् भनेको हो ।

अन्यथा ३० दिनभित्र हाजिर हुन नआए चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी नियमावली र स्वास्थ्य सेवा ऐनअनुसार कारबाही गरिने सार्वजनिक सूचनामार्फत चेततावनी पनि दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ