arrow

कतार विश्वकपको समापन समारोह जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
qatar-worldcup-final-stadium.jpg
तस्बिर – फाइल ।

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको फाइनल खेल राति ८ः४५ बजे शुरु हुँदैछ । त्यसअघि समापन समारोह भएको छ । फाइनल शुरु हुने दुई घण्टाअघिदेखि नै दर्शकहरु मैदानमा पुगेका छन् । समापन समारोहलाई भव्य बनाउने प्रयास गरिएको छ । 

रंगशालामा अर्जेन्टिना र फ्रान्सको टिसर्ट लगाएका दर्शकहरु देखिएका छन् । फाइनल शुरु हुनुअघि विभिन्न सांगीतिक प्रस्तुति भएको छ । 

विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । दुवै टिम उपाधिमाथि ह्याट्रिक गर्ने योजनामा रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ