arrow

अजातशत्रु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
buddha-squral-story.JPG

राजा अजातशत्रुको राज्य निकै राम्रो चलिरहेको थियो तर समय सधै एकनास रहेन । अजातशत्रुको पनि दिन बिग्रियो। राजा धेरै कठिनाइहरूले घेरिएका थिए र ती कठिनाइहरूबाट बाहिर निस्कन सकेनन्। उनले धेरै युक्तिहरु गरे, तर असफल भए। एक दिन उनको भेट तान्त्रिकसँग भयो । राजाले आफ्नो समस्या तान्त्रिकलाई सुनाए ।

तान्त्रिकले राजाको कुरा ध्यानपूर्वक सुने, त्यसपछि समाधानको सुझाव दिए । तान्त्रिकले भने, 'पशु बलि दिनुपर्छ, तब मात्र तिम्रो समस्या समाधान हुन्छ।' सुरुमा राजा धेरै सोचमा परे तर कुनै उपाय नदेखेपछि उनले तान्त्रिकको कुरालाई स्वीकार गरे ।

तान्त्रिकले ठूलो अनुष्ठान गरेका थिए । खेतमा बलि चढाउनका लागि सयौं पशुहरू बाँधिएका थिए। संयोगवश त्यस बेला महात्मा बुद्ध राजाको शहरमा पुगे । राजाले अनुष्ठान गरेको ठाउँबाट उनीहरू गइरहेका थिए ।

जब महात्मा बुद्धले निर्दोष जनावरहरूलाई बलि दिन लागेको देखे, तब राजाकहाँ गएर भने, 'राजन, तिमी यी निर्दोष जनावरहरूलाई किन मार्न जाँदै छौ?' राजाले भने, 'महात्माजी, म यिनीहरूलाई मार्ने होइन, राज्यको कल्याणको लागि यिनीहरूलाई बलिदान दिनेछु, जसबाट सम्पूर्ण राज्यको कल्याण हुन्छ।'

महात्मा बुद्धले भने, 'निर्दोष जीवनको बलिदान दिएर के कसैको राम्रो हुन सक्छ?' केही बेर रोकिएपछि महात्मा बुद्धले जमिनबाट एउटा पराल उठाए र राजालाई दिँदै भने, ' यसलाई तोडेर देखाऊ।' राजाले पराललाई दुई टुक्रा गरे । बुद्धले भने, 'अब जोड।' राजाले भने, ‘के कुरा गर्दै हुनुहुन्छ महात्माजी, अब यसमा कसैले पनि जोडन सक्दैन !

तब बुद्धले राजालाई सम्झाउँदै भने, ‘राजन, जसरी यो पराल तोडिएपछि जोड्न मिल्दैन, त्यसरी नै तिमीले यी जनावरहरूलाई बलि दिँदा यी निर्दोष प्राणीहरू तिम्रो कारणले मर्नेछन् र तिमीले फेरि जिउँदो बनाउन सकिँदैन । तिनीहरुको मृत्युपछि जी हत्याको दोष लाग्नेछ । तिम्रा समस्याहरु कम हुनुको साटो झन् झन् बढ्दै जानेछन् किनकी निर्दोष प्राणीको हत्या गरेर कसैले सुख पाउन सक्दैन ।' 

'निर्दोष जीवहरूलाई मारेर तिम्रो समस्या कसरी समाधान हुन्छ? तिमी राजा हौ, सोचेर निर्णय लिनुपर्छ। यदि तिमि साँच्चै आफ्नो समस्याको समाधान चाहान्छौं भने, दिमागले काम गर, कठिनाइहरू आइरहन्छन्। जीवनको सत्य यही हो । निर्दोष प्राणीको हत्या गरेर समस्याको अन्त्य हुँदैन, बुद्धिले समाधान खोज्नुपर्छ ।'

बुद्धको वचन सुनेर अजातशत्रु उनको पाउमा परे र आफ्नो गल्तीको लागि क्षमा माग्न थाले । अजातशत्रुले अबदेखि आफ्नो राज्यमा कुनै पनि निर्दोष जनावर मारिने छैन भनी घोषणा गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ