arrow

धादिङमा सवारी दुर्घटना, एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
accident.jpg

धादिङ । धादिङमा आज दिउसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पहिचान नखुलेकी एक महिला रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । शव केन्द्रमै राखिएको छ ।

काठमाडौंबाट लमजुङ जाँदै गरेको बा२ख ४७६२ नम्बरको माइक्रो (हाइस) र विपरीत दिशाबाट काठमाडौं जादै गरेको लु२ख २६४४ नम्बरको बस गजुरी गाउँपालिका वडा नं. २ बिहानीपम्पस्थित पृथ्वी राजमार्गमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीका अनुसार माइक्रोमा सवार ११ जना र बसमा सवार चार जना गरी १५ जना घाइते छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ