arrow

यूएई, तान्जानिया र सर्बियाका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
vidya-ohadako-pramanpatra.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न तीन देशका राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार छुट्टाछुट्टै नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई), तान्जानिया र सर्बियाका राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका हुन् । 

नेपालका लागि यूएई राजदूत अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, ताञ्जानियाका कापुफी एमबेगा र सर्बियाका सिनिसा पेभिकले आ–आफ्नो ओहदाको प्रमाणपत्र राष्ट्रपतिसमक्ष बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 

उनका अनुसार अलसामसी नेपालका लागि आवासीय र एमबेगा र पेभिक गैरआवासी राजदूतहरु हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ