arrow

कांग्रेसको बागमती प्रदेश संसदीय दलमा पनि निर्वाचन, समिति गठन, बानियाँ बलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
congress-bagmati-province-11.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन प्रक्रिया शुरु गरेकै दिन बागमती प्रदेशको दलको नेता चयन गर्नका लागि पनि निर्वाचन गरिने भएको छ । 

कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय निर्णयसँगै प्रक्रिया शुरु भएको छ ।

कार्यसम्पादन समितिको बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि  बागमती प्रदेश समितिका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन गरेको छ । 

सो समितिमा प्रदेशका महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेको प्रवक्ता तिलक रुवालीले जानकारी दिए । 

बागमती प्रदेशको संसदीय दलको नेतामा इन्द्र बानियाँ र बहादुर सिंह लामाले दाबी गर्दै आएका छन् । 

बानियाँ यसअघि पनि संसदीय दलको नेता रहेका थिए । संघीय मन्त्री भइसकेका उनी मुख्यमन्त्री बन्ने उद्धेश्यले नै २०७४ सालमा प्रदेशमा चुनाव लडेका थिए । २०७८ सालमा गठबन्धनको सरकार बने पनि उनी भने मुख्यमन्त्री बन्न पाएनन् । 

सहमति अनुसार आधा कार्यकाल नेकपा एसका नेता राजेन्द्र पाण्डेले र आधा कार्यकाल बानियाँले पाउनु पर्ने थियो । तर पाण्डे मुख्यमन्त्री भएपछि सरकार नै छाडेनन् र बानियाँले मुख्यमन्त्री हुने अवसर पाएनन् । यसपालि बानियाँले न्याय पाउने विश्वास गरेका छन् । 

बानियाँ कांग्रेस बागमतीका सभापति हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ