arrow

माधव नेपाल अस्वस्थ, अस्पताल भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
madhavss.PNG

काठमाडौं ।  नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन् । 

निमोनिया देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनी मंगलबार भर्ना भएको सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । 

उनका अनुसार नेता नेपालको फोक्सो तथा श्वास नली सङ्क्रमण, ज्वरो, उच्च रक्तचापलगायत समस्या देखिएको छ । 

नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा सन्तकुमार दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।

उनको मंगलबारै एक्सरे, रगत, दिसा परीक्षण गरिएको छ । उनी अस्पतालको डिलक्स क्याबिनको बेड नं ५०१ मा भर्ना गरिएको छ ।

सूचना अधिकारी अधिकारीले नेता नेपाललाई केही दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ