arrow

माधव नेपाललाई जाउलो खुवाइयो, भेटघाट बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौं । विरामी भएर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ । उनको ज्वरो सामान्य अवस्थामा छ ।

अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो । छातीरोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ ।

पछिल्लो समय पार्टीको राजनीतिक कामले दौडधुप गरेका अध्यक्ष नेपाललाई अहिले आगन्तुकसँगको भेटघाट बन्द गरिएको छ । छातीको सङ्क्रमण न्यूनीकरण नहुँदासम्म केही दिन अस्पतालमै राखिने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ