arrow

बसको ठक्करबाट एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
death photo.jpg

पोखरा । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका वडा नं. ९ खरङ्गामा आज सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका वडा नं. ७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

झापाको काँकडभिट्टाबाट स्याङ्जातर्फ जाँदै गरेको ना५ख ६१०३ नं. को बसकी यात्रु मिजारलाई बाटो काट्ने क्रममा नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको लु२ख ४६०७ नंको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । 

गम्भिर घाइते मिजारको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए । उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ । 

मिजारलाई ठक्कर दिने बसका चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ का ४० वर्षीय सिमबहादुर पल्ली मगरलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ