- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले पद तथा गोपनियताको शपथ खाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा बुधबार दिउँसो आयोजित समारोहमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबरालाई सभामुखको रूपमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
संविधानअनुसार नयाँ सभामुख चयन हुनुअघि ज्येष्ठ सांसदले पहिले शपथ खाएर त्यसपछि ज्येष्ठ सदस्यले बाँकी रहेका सांसदहरुलाई शपथ खुवाउने चलन छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत सहभागी थिए ।
अब जबराले बिहीबार बाँकी सांसदहरुलाई शपथ खुवाउने छन् । उक्त कार्यक्रम दिउँसो १ बजे रहेको संसद सचिवालयले जनाएको छ । संसद भवनलाई चिटिक्क पारिएको छ ।