arrow

तातोपानी नाका खुलाउने प्रचण्डको आश्वासन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
prachanda-maoist-2079-03-19.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तातोपानी नाका खोल्न पहल गर्ने आश्वासन दिएका छन् । तातोपानी नाका खुलाउन पहल गरिदिन प्रचण्डलाई सिन्धुपाल्चोकका जनप्रतिनिधिले ज्ञापन पत्र बुझाएपछि आश्वासन दिएका हुन् । 

उनले भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताए । दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै प्रचण्डले तातोपानीका नेपाली व्यवसायी एवं नेपालको व्यापारिक दृष्टिबाट सो नाका महत्त्वपूर्ण रहेको बताए । 

चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै उनले यसको ऐतिहासिक पक्षबारे पनि चीनलाई जानकारी गराइएको बताए । चिनियाँ राजदूत हाउ यान्छीसँगको बिदाइ भेटमा पनि आफूले यसबारे कुराकानी गरेको र सकारात्मक जवाफ पाएको प्रचण्डको भनाइ थियो । 

भूकम्पपछिको पुनः निर्माण भइसकेको र ड्राइपोर्ट पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरो रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले चीनबाट नयाँ राजदूत आएपछि आफूले थप कुरा गर्ने टोलीलाई विश्वास दिलाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ