arrow

ढाकाटोपी र दौरासुरुवालमा सजिएर शपथ खान पुगे रवि लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
rabi-lami.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शपथ ग्रहण गर्न सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेका छन् । पहिलो पटक सांसद बनेका लामिछाने ढाकाटोपी र दौरासुरुवालमा सजिएर संसद् भवन पुगेका हुन् । 

आज प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण हुँदै छ । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

सर्वोच्च अदालतले लामिछानेलाई सांसद पदको शपथ गर्ने हिजो बाटो खोलिदिएको थियो । उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि बुधबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको थियो । योसँगै आज लामिछानेले सांसदको शपथ लिँदै छन् । 

लामिछाने मङ्सिर ४ को निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी हुँदै सांसद बनेका थिए । चितवन क्षेत्र नम्बर २ मा लामिछानेले ३४ हजार १ सय ७० बढी मतान्तरले विजयी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ