arrow

संसदको प्रारम्भमै नागरिकता विधेयक र राष्ट्रपतिको भूमिकाबारे छलफल गर्नुपर्नेमा गगन थापाको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
gagan-sashank-dhanaraj-deuba.jpg

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सांसद गगनकुमार थापाले प्रतिनिधि सभा बैठकको प्रारम्भकालमा नै नागरिकता विधेयकमाथि छलफल हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा सदस्यको सपथ ग्रहण समारोहमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै थापाले संसद बैठकको पहिलो एजेन्डा नै नागरिकता विधेयक हुनु पर्ने बताए । ‘संसद बैठकको प्रारम्भमा नै नागरिकता विधेयकमाथि छलफल हुनुपर्छ,’ थापाले भने । 

उनले नागरिकता विधेयकलाई स्वीकृत नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका बारेमा पनि संसदमा छलफल हुनुपर्ने थापाले बताए ।

 ‘राष्ट्रपतिलाई मनको आधारमा ठीक बेठीक भन्ने अधिकार छैन, उनले संसद र मन्त्री परिषदले गरेको निर्णयलाई सदर गर्नुपर्छ,’ थापाले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ