arrow

छुटेकालाई शपथ, अझै दुई जना बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
oath-new.jpg

काठमाडौं ।  प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य द्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनीहरूलाई शपथ गराए । 

शपथ समारोहमा सचिवालयका महासचिव डा भरतराज गौतम, सचिवलगायत संसद्का कर्मचारीको उपस्थिति थियो । 

प्रतिनिधिसभाका दुई सय ७० सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका थिए। यादव र राई कारणवश शपथ लिन छुटेका थिए । 

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक एक सय १० गरी दुई सय ७५ सांसद छन् । दुई सांसदले शपथ लिन बाँकी छ । 

सांसद द्वय प्रेम आले पारिवारिक शोक तथा माया राई सुत्केरी भएका कारण शपथ लिन सकेका छैनन् । उनीहरूले उपयुक्त समयमा शपथ लिन सक्ने सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ