arrow

नेपाल टी–२० मा लुम्बिनीको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ९ शनिबार
nepalt20-2nd-match.jpg

काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टारले विजयी शुरुआत गरेको छ । टीयू क्रिकेट मैदानमा शनिबार फार वेस्टर्न युनाइटेडलाई ६७ रनले हराउँदै लुम्बिनीले सुखद शुरुआत गरेको हो ।

लुम्बिनीले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको फार वेस्टर्नले १६ ओभर २ बलमा अलआउट हुँदै ८५ रन मात्र बनाउन सक्यो ।

फार वेस्टर्नका लागि कप्तान हस्मतउल्लाह शाहिदीले सर्वाधिक ३५ रन जोडे । लुम्बिनीका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । सागर ढकालले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । लाहिरु मिलान्थाले ५० बलमा ६० रन बनाए ।  फार वेस्टर्नका लागि उमर अलि र करन केसीले समान ३–३ विकेट लिए ।   

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउने आयोजक नेपाल क्रिकेट संघ क्यानले जनाएको  छ । 

तेस्रो हुनले १० लाख र चौथोले ५ लाख रुपैयाँ पुरसकार पाउने क्यानले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ