arrow

प्रचण्ड बालकोटमा, चार दलको बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
balkpt-meet(1).jpg

काठमाडौं ।  बालुवाटारमा सकिएको बैठकमा निष्कर्ष ननिस्किए पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।

बालकोटमा चार दलको बैठक जारी छ । बालकोटमा प्रचण्डसहित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपा नेता अशोक राई लगायतका नेताहरू एमाले अध्यक्ष ओलीसँग सरकार गठनको विषयलाई लिएर छलफलमा रहेका छन् ।

प्रचण्ड पुग्नुअगावै रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका थिए । लिङ्देन भने बैठकमा सहभागि छैनन् । बैठकमा एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड र रास्वपाका अध्यक्ष लामिछानेसहित शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।

पहिलो कार्यकाल आफुले नपाएपछि प्रचण्ड बालकोट हानिएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्रीको कुरा नमिलेपछि प्रचण्ड ओली निवासमा पुगेका हुन् ।

यद्यपि गठबन्धनकै सरकार भने बन्न सक्ने अझै सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ