arrow

बालकोटमा १५६ सांसदका नेताहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
Balkot-Meeting-new-coalation.jpg

काठमाडौं । सत्ता गठबन्धनबीच सहमति जुट्न नसकेपछि बालकोटमा नयाँ विकल्पका लागि छलफल भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारमा सहमति हुन नसक्दा सत्तागठबन्धनको औचित्य सकिएको भन्दै बालकोट पुगेका हुन् ।

बालकोटमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष अथवा नेताहरु छलफलमा रहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका नेता अशोक राई बालकोटमा छन् ।

सरकार निर्माणका लागि बहुमत सांसद्को संख्या १३८ आवश्यक रहेको छ । यद्यपि यदि बालकोटमा यी पाँच दलबीच सहमति जुटेमा यो गठबन्धनका सांसद्को संख्या १५६ हुनेछ ।

हालै सम्पन्न निर्वाचन अन्तर्गत संसदमा नेकपा एमालेसँग ७८, नेकपा माओवादी केन्द्रसँग ३२, रास्वपासँग २०, राप्रपासँग १४ र जसपासँग १२ सांसद् रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ