arrow

प्रचण्ड प्रधानमन्त्री नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
pm-prachanda-hajir.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १६९ जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए ।

उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीको समर्थन रहेको छ । आइतबारै शपथको तयारी भए पनि समय अपुग भएकाले सोमबार मात्रै शपथ गर्ने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्डको याे तेस्रो पटक हो । यसअघि २०७३ सालमा पनि उनी प्रधानमन्त्री बनेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ