arrow

प्रचण्डको शपथ सोमबार अपरान्ह ४ बजे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
vidya-prachanda-2079-09-10a.jpg

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ अपरान्ह ४ बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयले सोमबार अपरान्ह ४ बजे शपथको कार्यक्रम राखेको जानकारी दिए ।

 नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए ।

उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीको समर्थन रहेको छ । 

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री (२०६५ सालमा) बनेका प्रचण्डको यो तेस्रो पटक हो । यसअघि २०७३ सालमा पनि उनी प्रधानमन्त्री बनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ