arrow

प्रचण्ड प्रधानमन्त्री बनेपछि विश्वप्रकाशले भने- डन्ट वरी

कांग्रेस जिम्मेवार प्रतिपक्षका रूपमा बस्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
bishwa-prakash2.JPG

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस जिम्मेवार प्रतिपक्षका रूपमा रहने बताएका छन् । 

कांग्रेससँगको सहकार्य तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि महामन्त्री शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् । 

सोमबार ट्विट गर्दै महामन्त्री शर्माले लेखे,' देशभरबाट साथीहरूले सोधिरहनु भएको छ- कसरी यस्तो भयो ? अब के हुन्छ ? मैले केवल यत्ति भनेँ- डन्ट वरी' 

सरकार परिवर्तनका विषयमा कार्यकर्तालाई उत्तर दिँदै महामन्त्री शर्माले लेखेका छन् ,' भएको के हो सबैलाई थाहै छ । त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छ । साँझ परेको छ,रात छिप्पिने छ । जिम्मेवार प्रतिपक्षका रूपमा हामी देशव्यापी मुभमा हुनेछौँ । नयाँ बिहानी हुनेछ । तर त्यो आफै आउनेछैन, हामी ल्याउनेछौँ । त्यसका लागि उत्साह, एकता, रूपान्तरणको दृढता राख्नोस् ।'

प्रचण्ड एमालेसहित सात दल र तीन स्वतन्त्र उम्मेदवारको समर्थनमा प्रधानमन्त्री बनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ