arrow

प्रचण्डले शपथ लिँदै, सानो आकारको मन्त्रिमण्डलमा एमाले उपाध्यक्ष पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
prachanda-government-shital-niwas.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहणपछि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलाई साथमा लिएर सानो आकारको मन्त्रिपरिषद गठन गर्न लागेको स्रोतले जानकारी दियो । 

स्रोतका अनुसार माओवादीको पदाधिकारी बैठकले प्रचण्डलाई मन्त्री छान्ने अधिकार दिएपछि उनले माओवादीका दुई जना साथमा लिएर मन्त्रिपरिषद गठन गर्ने भएका छन् । 

एमालेले उपाध्यक्ष पौडेलका अतिरिक्त अरु कसलाई मन्त्रीमा पठाउने भन्ने बारेमा केही बाहिर आएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गठनको तयारी भएको हो । 

प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । उनको आज अपरान्ह ४ बजे शपथ ग्रहण तय गरिएको छ । 

उनको शपथ ग्रहणपछि राष्ट्रपतिको उपस्थितिमा मन्त्रिहरुले शपथ लिनेछन् । समारोहमा प्रधानमन्त्री प्रचण्डसहित माओवादीबाट सिफारिस हुने मन्त्रीले राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएर शपथ लिने तयारी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ