arrow

प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिमण्डल गठन, तीन उपप्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
prachanda-bishnu-narayankaji-ravi.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । सबैले आजै शपथ खाएका छन् । तीन जना उपप्रधानमन्त्री भएका छन् ।

जसमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ रहेका छन् । त्यस्तै एमालेबाट विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित पार्टीको नेतृत्व गरेका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि उपप्रधानमन्त्री भएका छन् । श्रेष्ठले भौतिक, पौडेलले अर्थ र लामिछानेले गृह मन्त्रालयकोसमेत जिम्मेवारी पाएका छन् । 

एमालेबाट ज्वाला साह, राजेन्द्रकुमार राई र दामोदर भण्डारीले पनि शपथ लिएका छन् । राष्ट्रिय जनमत पार्टीका तर्फबाट अब्दुल खानले बिना विभागीय मन्त्रीको रुपमा शपथ गराइएको छ । उनलाई उद्योगमन्त्रीको रुपमा शपथ गराइने तयारी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ