arrow

पदभार ग्रहण गर्दै गृहमन्त्री लामिछानेले भने – नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
ravi-lamichhane-home-minister-2079-09-11.jpg

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि छामिछानेले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन् ।

पदभारका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले निर्मला पन्तको बलात्कारपछि हत्याका बारेमा गृहसचिव विनोद सिंहसँग जिज्ञासा राखेका थिए ।

नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन 
गृहमन्त्री लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे ।

अपराध अनुसन्धान महाशाखाले उनको पासपोर्टबारे सूक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरुले उनलाई गृहमन्त्री बनाएका छन् । 

म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। सबैलाई बराबर न्याय हुन्छ। निष्पक्ष छानबिन गर्न मेरो सहयोग रहन्छ। कुनै पनि किसिमको कम्परमाइज हुँदैन,’ पदभार ग्रहण गर्दै उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ