arrow

देउवा नभएपछि महान्यायाधिवक्ता खातीले दिए राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
khamma-bahadur-khati.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारका कानूनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका थिए । राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ ।

बिदाइ कार्यक्रममा उनले आफूले महान्यायाधिवक्ताका रूपमा काम गर्दा परिवारको सदस्यजस्तो भएर काम गरेको, आफूले सकेको काम गरेको र गर्नका लागि अधिकतम प्रयास गरेको बताए । उनको कार्यकालमा खासगरी वीरगञ्ज र पाटनमा रहेको जग्गा महान्यायाधिवक्ता कार्यालयको मातहतमा ल्याउन सफल छ ।

त्यस्तै, कर्मचारी सेवा सर्तसम्बन्धी छुट्टै कानून ल्याउने विषय अघि बढे पनि त्यो पूरा भने हुन सकेन । सरकारी वकिलको यही पुस ८ देखि १० गतेसम्म राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसमा मुद्दाको महाअभियोजनकर्ता र महान्यायाधिवक्ता फरक हो भन्ने घोषणापत्रमा आएको थियो ।  

प्रधानमन्त्रीको कानूनी सल्लाहकारका रूपमा उनी २०७८ साउन १ गतेदेखि नियुक्त भएका थिए । उनले १७ महिना १० दिन काम गरे । कांग्रेसको सरकार हटेसँगै खाती पनि हटेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ