arrow

कांग्रेस लुम्बिनीको ठहर -अहिलेको परिस्थिति आउनुमा नेतृत्वको कमजोरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
nepali-congress-flag.jpg

लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको सभापतित्वमा तामनगर बुटवलमा बसेको बैठकले देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गहन छलफल गरेको छ ।

कांग्रेस नेतृत्वको अदूरदर्शिताका कारण पार्टी राष्ट्रको बागडोर समाल्ने अवसरबाट वञ्चित भएको कांग्रेस लुम्बिनीको ठहर छ । प्रदेश सभापति पुनले जनताको दिएको म्यान्डेट र भावना बमोजिम अहिले नेतृत्व चल्न नसकेको बताए । उनले अहिलेको सरकार जनादेश विपरीत बनेको र यसले नागरिकको आकाङ्क्षा पुरा गर्न नसक्ने पनि दाबी गरेका छन् ।

बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरि महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ ।

प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ । संसदीय दलको निर्वाचन शपथ ग्रहण लगतै तय हुने लुम्बिनी कांग्रेसले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ