arrow

कुखुराको चल्ला खरिदमै भ्रष्टाचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
bird-flue.jpeg

काठमाडौं । किसानको जीवनस्तर उकास्ने र आर्थिक उपार्जनमा सहयोग गर्नका लागि भनेर स्थानीय सरकारमा कार्यरत कर्मचारी नै कमाउ धन्दामा लाग्छन् भने त्यसलाई तपाई के भन्नुहुन्छ ? उत्तर सहज नै छ, यो त सरासर भ्रष्टाचार हो । यस्तै, भ्रष्टाचार भएको छ- कालीकोटको खाँडाचक्रम नगरपालिकामा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको एक मुद्दाले पनि सोही कुरा स्पष्ट पारेको छ । नगरपालिकाले पोल्ट्री बङ्गुर फार्मसँग चार सय २० कुखुरा उपलब्ध गराउने सम्झौता गर्‍यो । नगरपालिकाका नायब सुब्बा दीपकराज देवकोटाले उक्त फार्मको नाममा भुक्तानी लिए तर चेक लुकाए । त्यसको पछाडिको कारण थियो फार्मसँग घुस माग्नु ।

नगरपालिकाको वडा नं ३ र ४ मा लघु उद्यम विकासअन्तर्गत कुखुरा सीप विकास कार्यक्रम चलाइएको छ । त्यसका लागि साकोनी जातको चल्ला खरिद गरेर किसानलाई उपलब्ध गराउने योजना थियो । कुखुरा पालनसम्बन्धी १५ दिने तालिम सञ्चालन गर्ने योजना तय भएको थियो तर, एक दिन मात्रै तालिम सञ्चालन गरी पूर्णरुपमा तालिम सञ्चालन भएको भनी नक्कली विवरण तयार पारिएको आयोगले गरेको अध्ययनमा देखिएको छ । नायब सुब्बा देवकोटाले फोल्ट्री फार्मलाई रु एक लाख ८० हजार एक सय १८ बराबरको भुक्तानी सम्झौताअनुसार दिनुपर्ने थियो तर रु ३० हजार एक सय ८० बराबरको रकम भने घुस लिएको आयोगको आरोप छ ।

आयोगका अनुसार नायब सुब्बा देवकोटाले कार्यालयमा पेश गरेको विवरणमा भने रु एक लाख ९७ हजार आठ सय ९५ बराबरको भुक्तानी गरेको देखिन्छ । यस आधारमा नासु देवकोटाविरुद्ध आयोगले दुई वटा फरक-फरक मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । आयोगले कैद र बिगोबमोजिमको कारबाहीको माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ