arrow

कांग्रेस बागमती प्रदेश

संसदीय दलको नेतामा इन्द्र बानियाँ र बहादुर लामाले गरे मनोनयन दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
indra-baniya-manonayan.jpg

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाको उम्मेदवारी परेको छ ।

आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुने मतदानका लागि बानियाँ र लामाले दलको नेताका लागि उम्मेदवारी दिएका हुन् ।

बानियाँको प्रस्तावकमा प्रभात तामाङ र समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् ।  लामाको प्रस्तावकमा कुन्दनराज काफ्ले, समर्थनमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार छन् ।

बानियाँ मकवानपुरबाट र लामा नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । 

बागमती प्रदेश सभामा ३७ सदस्य रहेको कांग्रेसले दलको नेता चुनावी प्रक्रियाबाट चयन गर्न लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ