प्रचण्ड सरकारी निवासमा सरे, छोरी गंगाले बुझिन् बालुवाटारको चाबी
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
808
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी बुधबार साँझ सरकारी निवास सरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेसँगै प्रचण्डलाई बालुवाटार जान सजिलो भएको हो ।
बालुवाटारमा प्रचण्ड पुत्री गंगा दाहालले बालुवाटारको चाबी बुझेकी छिन् । सरकारी अधिकारीले बालुवाटारको सरकारी निवासको चाबी गंगालाई दिएका हुन् । गंगा प्रचण्डकी स्वकीय सचिवसमेत हुन् ।