arrow

बहादुर लामा बने संसदीय दलको नेता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
bahadur-singh-lama-bagmati.jpg

बागमती । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतगणनामा उनी दलको नेता चयन भएका हुन् । 

सर्वसम्मतरूपमा दलको नेता चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा उनले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई पराजित गरेका हुन् । 

लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गरेका थिए। 

बानियाँ यसअघिको सरकारमा पनि दलको नेता थिए । मतदानमा ३७ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ