arrow

ओलीले गरे संसदीय दलको नेतामा दाहाललाई मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
kp-sharma-oli-winter.jpg

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरेका छन् ।

अध्यक्ष ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा दाहाललाई संसदीय दलको नेतामा मनोनित गरेका हुन् । 

राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए । 

नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो । 

मनोनित दाहाल यसअघि दलका प्रमुख सचेतक थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ