arrow

चिसो ह्वात्तै बढेपछि जनजीवन कष्टकर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
suketar-ariport-kuhiro1.jpg

खजुरा । तीन दिनदेखि चिसो ह्वात्तै  बढेपछि बाँकेलगायत पश्चिम तराइको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ । 

बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ । सडकमा सवारीसाधन न्यून चलेका छन् । नेपालगञ्जमा बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय रामसुहावन यादवले बताए । “चिसोले घरबाहिर निस्किन सकिएको छैन”, उनले भने ।  

चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले काम गर्न जान नपाएको बाँकेको डुडुवा गाउँपलिका–४ का रामदिन गोडियाले बताए । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् ।  

चिसोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन् । चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ