arrow

महान्यायाधिवक्ता पोखरेलले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
dinamani-pokharel-mahanyayadhibakta.jpg

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा पोखरेललाई शपथ गराएका हुन् । 

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले डा पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । महान्यायाधिवक्ता डा पोखरेलको जन्म २०३० चैत २९ गते झिमरुक गाउँपालिका ४ प्यूठानमा भएको थियो । उनी २५ वर्षदेखि निरन्तर कानून व्यवसायमा संलग्न छन् । उनले सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट कानूनमा विद्यावारिधि गरेका छन् । 

महान्यायाधिवक्ताले सन् १९९९ मा दिल्ली विश्वविद्यालयबाट तुलनात्मक कानूनमा स्नातकोत्तर र द हेग नेदरल्याण्ड्सको  सामाजिक अध्ययन संस्थानबाट २००७  बाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र र विकासमा स्नातकोत्तर गरेका थिए । 

कानूनी अभ्यास र परामर्शका अतिरिक्त डा पोखरेलले कानूनी अनुसन्धान, कानूनी मस्यौदा र तालिममा संलग्न छन् । उनले संविधान सभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँट समितिमा कानूनविद्का रूपमा काम गरेका थिए । 

डा पोखरेलले व्यवस्थापिका–संसद्मा तत्कालीन सभामुख ओनसरी घर्तीको कानूनी सल्लाहकारका रूपमा काम गरेका थिए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कानूनी परामर्श पनि सेवा प्रदान गर्दै आएका छन् ।  

राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा कानूनका फरक क्षेत्रमा लेखहरू प्रकाशित गर्दै आएका पोखरेलले जलस्रोत, वातावरण, जलविद्युत्, वाणिज्य कानून, राजनीतिक अर्थव्यवस्था तथा विकासमा केन्द्रित रही काम गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ