arrow

नयाँ वर्षको सजावटले निम्तियो क्यासिनोमा आगलागी, जहाँ पाण्डेले गुमाए ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
cambodia-fire-casino-nepali.jpg

काठमाडौं। बुधबार राति थाइल्यान्डको सिमानामा रहेको कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल एण्ड क्यासिनोमा भएको आगलागीमा ज्यान गुमाउनेको संख्य १९ पुगेको छ। आगलागीमा परी ७० भन्दा बढी मानिस घाइते भएका छन् ।

यसै घटनामा सोही क्यासिनोमा रहेका नेपाली नागरिक झापाको बिर्तामोडका ४० वर्षीय निराकर पाण्डेले पनि ज्यान गुमाएका छन्। १७ तलाको भनिएको यो ग्राण्ड डायमण्ड सिटी होटल एण्ड क्यासिनोको १२ औं तलामा मृतक पाण्डे रहेको बताइएको छ ।

 क्यासिनो आगलागीमा ज्यान गुमाउने नेपाली पनि रहेको शंका

उनले उद्धार हुने स्थिति नदेखेपछि ज्यान जोगाउनका लागि सोही तलाको झ्यालबाट हाम फालेका थिए। हाम फाल्नुअघि उनले ३ घण्टा भन्दा बढी समय आफ्ना आफन्तजन, परिवार, साथीहरु एवं उद्धारका लागि गैर आवासीय नेपाली संघका पदाधिकारीहरुसँगसमेत कुराकानी गरेको खुलेको छ।

यति भीषण आगलागीको कारण के ?

प्रारम्भिक अनुसन्धानले नयाँ वर्षको बिदाका लागि भनेर गरिएको अत्यधिक सजावटले धेरै बिजुली तान्दा तारहरु जलेर आगलागी शुरु भएको देखाएको छ। बान्टे मेन्चे प्रान्तको सूचना विभागका प्रमुख सेक सोखोमले धेरै बिजुली तानेका कारण आगो लागेको पत्ता लागेको बताएका हुन् ।

आगालागीमा ज्यान गुमाउनेमा नेपाली बाहेक, थाई, चिनियाँ, मलेसियाली, भियतनामी र कम्बोडियालीलगायत विभिन्न जातजातिका मानिस रहेको उनले बताए । आगलागीको वास्तवीक कारणबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

५०० कर्मचारी रहेको यो क्यासिनोमा बुधबार १००० ग्राहक रहेका थिए । बुधबार मध्यरात करिब शुरु भएको आगो १२ घण्टापछि दिउँसो २ बजे नियन्त्रणमा आएको थियो। 

कम्बोडियाको फायर फाइटिंग एजेन्सीले पोस्ट गरेको भिडियोमा भीडले होटेल कम्प्लेक्सको छतमा फसेका मानिसहरूलाई उद्धार गर्न बिन्ती गरिरहेको सुन्न सकिन्छ। जुन यसको उच्चतम बिन्दुमा १७ औं तलामाथि हो। आगो छतमा पुग्दा कम्तिमा एक व्यक्ति खसेको भिडियोमा देखाइएको छ।

 क्यासिनो आगलागीमा ज्यान गुमाउने नेपाली पनि रहेको शंका

बान्टे म्यान्चेका प्रहरी प्रमुख मेजर जनरल सिथ लोहले आगो निभाउनका लागि ११ दमकल, हेलिकप्टर र प्रहरी दमकलसहित ३ सय प्रहरी अधिकारी पठाइएको बताएका छन्।

कम्प्लेक्स पोइपेट-अरण्यप्राथेट सीमा नाकामा अवस्थित भएकाले थाइल्याण्डले पनि उद्धारकर्मी र अग्निनियन्त्रकहरू खटाएको थियो।

ग्राण्ड डायमण्ड सिटी क्यासिनो थाइल्याण्डको सीमा चेकपोइन्टबाट केही मिनेटको पैदल दूरीमा छ भने, थाई राजधानी बैंककबाट चार घण्टाको ड्राइभींग दुरीमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ