arrow

एसको स्थायी समिति बैठक बस्दै

पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने पक्षमा नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
madhav-kumar-nepal-ncp-united.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी समिति बैठक आज पुनः बस्दै छ । हिजो अठार जना नेताले आफ्नो धारणा राखेपछि बैठक स्थगित भएको थियो । 

वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्य योजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । शनिवारको बैठकमा नेकपा (एमाले)सँग एकता गर्ने विषयमा नेताहरुबीच मत भिन्नता देखिएको छ । 

पार्टी अध्यक्ष माधवकुमार नेपाल पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका बारे धारणा राखेका थिए । उनले पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेण्डाका साथ देशव्यापी अभियान अगाडि बढाउन नेताहरूलाई निर्देशन दिए । अध्यक्ष नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा गम्भीरतापूर्वक विचार राख्न नेतालाई आग्रह गरे।
  
पार्टीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माणका लागि आवश्यक पर्ने वैचारिक र राजनीतिक हतियारलाई चुस्त, दुरुस्त पार्नुपर्नेमा जोड दिए । पार्टी सञ्चालनमा समग्र विषयको वृहत् छलफल गर्नुपर्ने उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ