- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनमा कोभिड-१९ को लहर नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। नयाँ वर्षको शुभकामना दिँदै चिनफिङले कोरोनासँग लड्न कठिन चुनौती रहेको स्वीकार पनि गरेका छन्।
राष्ट्रपति चिनफिङले भनेका छन्- "असाधारण प्रयासले हामीले अभूतपूर्व कठिनाइ र चुनौतीहरू पार गरेका छौं, यो कसैको लागि सजिलो यात्रा थिएन।'
अधिकारी, जनता, चिकित्सक, समाजसेवी सबै कोरोनाविरुद्ध लड्न कटिबद्ध रहेको राष्ट्रपति चिनफिङले बताए । उनले महामारीको रोकथाम र नियन्त्रणका लागि थप काम गर्नुपर्ने बताए । यसका लागि सबैले मिहिनेत गरिरहेका छन् । उनले भने, ‘हाम्रो सामु आशाको किरण छ । यसलाई जित्नको लागि अर्को प्रयास गरौँ किनभने दृढता र एकताको अर्थ विजय हो।'
पछिल्ला केही दिनमा दोस्रो पटक सीले देशमा कोभिडको वर्तमान स्थितिमा जनतालाई सम्बोधन गरेका हुन्। यसैबीच, डब्ल्यूएचओले बारम्बार अपिल गरेपछि चीनले शुक्रबार आफ्ना अधिकारीहरूलाई विश्वव्यापी स्वास्थ्य निकायका विशेषज्ञहरूसँग कुरा गर्न अनुमति दिएको छ।