arrow

आणविक हतियारमा 'खतरनाक' वृद्धि र नयाँ आईसीबीएम बनाउन किमको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
kim-jong-un-bbc.jpg

काठमाडौं। उत्तर कोरियाका नेता किम जोङ उनले आणविक हतियारको उत्पादनमा 'घातात्मक' वा खतरनाक बृद्धि गर्न र संयुक्त राज्य अमेरिका एवं दक्षिण कोरियालाई काउण्टर गर्न नयाँ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएस)को विकास गर्न आदेश दिएका छन् ।

उत्तर कोरियाले नयाँ वर्षको दिन आफ्नो पूर्वी तटमा छोटो दुरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको केही घण्टा पछि किमको भनाइ आइतवार राज्य सञ्चालित मिडियामा प्रकाशन गरिएको हो ।

सत्तारुढ वर्कर्स पार्टीको मुख्य बैठकमा आफ्नो टिप्पणीका क्रममा किमले वाशिंगटन र सियोलले उत्तर कोरियालाई 'पृथक पार्ने र दबाउन' षड्यन्त्र गरेको बताउँदै यो  'मानव इतिहासमा अतुलनीय' रहेको टिप्पणी गरेका हुन् ।

उत्तर कोरियाको आधिकारिक केन्द्रीय समाचार एजेन्सी (केसीएनए)का अनुसार उनले भनेका छन्, परिस्थितिले प्योङयाङलाई 'हाम्रो सैन्य शक्तिलाई अत्यधिक बलियो बनाउन' र 'हाम्रो सार्वभौमसत्ता, सुरक्षा र आधारभूत राष्ट्रिय हितको रक्षा गर्न अमेरिका र हामीलाई निशाना बनाउने अन्य शत्रु शक्तिहरूको खतरनाक सैन्य चालहरूको सामना गर्न हाम्रा प्रयासलाई दोब्बर बनाउन भनेको छ ।'

'यसले सामरिक आणविक हतियारको ठूलो मात्रामा उत्पादन गर्ने महत्व र आवश्यकतालाई हाइलाइट गरेकोछ र देशको आणविक हतियारमा घातीय वृद्धिको लागि आह्वान गरेको छ,' किमले भनेका छन् ।

'द्रुत आणविक काउन्टरट्याक क्षमताको साथ यसको आधारभूत मिशनको रूपमा,' नयाँ प्रकारको आईसीबीएम निर्माण गर्न समेत उनले आदेश दिएका छन् ।

किमले उत्तर कोरियाले आफ्नो पहिलो सैन्य जासूसी स्याटेलाईट छिट्टै प्रक्षेपण गर्ने योजना बनाएको समेत बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ