arrow

'गुट र अन्तर्घातका कारण कपिलवस्तु कांग्रेस इतिहास मै कमजोर बन्यो'

कांग्रेस पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
bichar-gosti-congress.jpg

कपिलवस्तु । कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले  कार्यकर्ताहरू पार्टीको अनुशासनमा नबस्दा र केन्द्रीय निर्देशन नमान्दा अहिले कांग्रेस इतिहास मै कमजोर साबित भएको बताएका छन् । आइतबार राष्ट्रिय मेलमिलाप दिवसमा आचार्यले भने ‘ लोकतन्त्रका लागि लडेको कांग्रेस अहिले खिइँदै गएको, कुनै बेला कांग्रेसको किल्ला रहेको कपिलवस्तु इतिहास मै कमजोर बनेको छ।’ 

आचार्यले वीपीको राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए । उनले वीपी सो नीति देश र कांग्रेस पार्टीका लागि उत्तिकै महत्त्वपूर्ण रहेको बताए । उनले कांग्रेस ठुलो पार्टी भएर पनि प्रतिपक्षमा बस्नु पर्दा कार्यकर्ताहरू शिर झुकेको बताए । कांग्रेस अहिले हरेक अवसरबाट वञ्चित भएका कारण आफै कमजोर बनेको उनले बताए । उनले राजनीति सम्भावनाको खेल भएको र नेता र कार्यकर्तालाई उच्च मनोबलका साथ लाग्न आग्रह गरे । 

विगतमा भएको कमी कमजोरीलाई थाती राख्दै फेरी एक हुन आग्रह गरे । उनले अरूको टाउको देखाएर आफ्नो कमीकमजोरी लुकाउने प्रथा हटाउन् पर्ने बताए । उनले भातृ सङ्गठन र पार्टीलाई क्रियाशील बनाइए एक ढिक्का बनाएर लानु पर्ने बताए । 

सो अवसरमा कांग्रेस नेता दीप कुमार उपाध्यायले राष्ट्रियता र पार्टी एकतामा ध्यान दिनु पर्ने बताए ।  ‘ कांग्रेस भित्र अहिले एकता आवश्यक छ ’ उनले भने ‘ अब के गर्ने भन्ने अहिले चुनौतीपूर्ण अवस्था छ यसलाई पार्टी भित्र व्यापक छलफल हुन जरुरी छ ’ । पूर्व सांसद तथा पार्टीका पूर्व केन्द्रीय सदस्य अतहर कमालले पार्टी नेता र कार्यकर्ताहरूले सुधार गरी अघि बढ्नु पर्ने बताए । उनले अहिलेको अवस्था किन आयो त्यसको व्यापक बहस हुनु पर्ने बताए । 

पूर्व सांसद अभिषेक प्रताप शाहले गुट उप गुट र अन्तर्घात का कारण कपिलवस्तुमा कांग्रेस कमजोर साबित भएको बताए । उनले यही अवस्था रहे कपिलवस्तुमा कांग्रेसलाई खोज्नु पर्ने दिन आउने भन्दै अबको नेतृत्व युवाहरूलाई सुम्पिनु पर्ने बताए । उनले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने समय आएको बताए । 

कांग्रेस नेता तथा कपिलवस्तु क्षेत्र नम्बर २ को १ का प्रदेश सदस्य सुधाकर पाण्डेयले क्षेत्र नम्बर ३ मा एक पक्षले अर्को पक्षलाई कारबाहीको सिफारिस गरिएको प्रति इङ्गित गर्दै अहिले त्यो कारबाहीको कुनै औचित्य नभएको बताए । ‘ अहिले कारबाहीको कुनै औचित्य छैन ’ उनले भने ‘ सबै मिलेर एक भएर जानु पर्छ मेलमिलापको नीति अपनाउनु पर्छ ’ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ