arrow

वीरमा भ्रष्टाचार  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
NAMS-bir-hospital.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा भ्रष्टाचारले चरम जरो गाडेको छ । विभिन्न सामान खरिदमा टेन्डर आह्वान गर्दा नै कमिशनको चक्करले गर्दा भ्रष्टाचार ब्याप्त भएको हो ।

अस्पतालले गत मार्च १० मा १० वटा ओटी लाइट र टेबल गरी पाँच करोडमा आईएफबी नम्बर – एनएएमएस–एनसीबी–७८–७९–४३ को टेन्डर आह्वान गरेको थियो । 

सो टेन्डर आह्वान अगाडि अस्पतालले स्पेक  बनाउन युरोलोजी विभाग का विवादित डा. अनिल  श्रेष्ठ र डमरु दाहाललाई जिम्मा दिइएको थियो । 

उनले स्पेफिकेशन बनाउँदा आफूलाई कमिशन दिने अलाइन्सी फर्मलाई मात्र हुने गरी क्लेस मार्टिन कम्पनीले मात्र टेन्डर पाउने गरी स्पेक बनाएका थिए । 

शाखा अधिकृत डमरुले गलत नियतले स्पेक बनाएपछि अख्तियार, स्वास्थ्य मन्त्रालय, सम्पत्ति शुद्धीकरण र सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको थियो । 

खरिद एकाइका डमरुले टेन्डर हुनु भन्दा पहिले नै व्यापारीसँग कमिशन लिँदै होटल होटलमा गई स्पेक बनाइ अस्पताल प्रशासनलाई दबाब दिई सोही अनुसार टेन्डर आह्वान गर्ने र कोटेशनमा सामान खरिद बिक्री गर्दैं आएको वीर अस्पतालको उच्च स्रोत बताउँछ ।   


 डमरुले अस्पतालमा हुने टेन्डर पहिलै आफू निकट ब्यापारीलाई भनी विभिन्न होटलमा गई स्पेक मिलाउने गरेको आरोप छ । उनले खरिद एकाईमार्फत करोडौंको समान आफू निकटमार्फत मात्रै  लिने गरेको, डाइलासिसको सामानमा व्यापारीसँग प्रतिमहिना १ लाख लिने गरेको सम्मन्धित व्यापारीहरु नै बताउँछन् । 

डमरुले सर्जिकल सामान र प्रोपटाइरी सामान (पहिले मेशिन जोसँग किन्यो त्यसको पार्टपूर्जा पनि उसैसँग किन्नुपर्ने) मासमेत करोडौं कमिशन लिएको पाइएको छ ।

यस्तो कमिशनमासमेत छानबिन गर्नका लागि वीरभित्र दबाब हुँदै आएको छ । हाल उनी सरकार निकट हुँ भन्दै अस्पतालमा थर्काउने र सबै सामान आफू निकटसँग लिई करोडाैं कमिशन लिँदै आएको बताइन्छ । डमरुले आफू भ्रष्टाचारको कुनै पनि जोखिमबाट बच्नका लागि निर्देशकको नाम लिएर बदनाम गर्दै हिँडेकोसमेत अस्पतालभित्र चर्चा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ